नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) पदमा जीवनबहादुर शाही निर्वाचित हुनुभएको छ। उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै यो जित हासिल गर्नुभएको हो।
निर्वाचन समितिको पछिल्लो मतपरिणामअनुसार शाहीले ३ हजार ९ सय ६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जनकराज गिरीले १ हजार ३ सय ७० मत प्राप्त गर्नुभएको छ।
यसअघि १४औँ महाधिवेशनमा सोही पदमा पराजित हुनुभएका शाहीले यस पटकको १५औँ महाधिवेशनबाट भने सहमहामन्त्रीको पद सुरक्षित गर्न सफल हुनुभएको छ।



