फ्रान्समा उग्र बन्दै प्रदर्शन: सरकारी भवनहरूमा आगजनी, १,२०० भन्दा बढी पक्राउ

फ्रान्सका प्रमुख सहरहरूमा भएको प्रदर्शनले उग्र रूप लिँदा राजधानी पेरिसलगायत क्षेत्रमा सरकारी भवनहरूमा आगजनी गरिएको छ। मध्य फ्रान्सको लिमोजमा ऐतिहासिक टाउन हल र लियोनमा पर्यटन कार्यालय जलेका छन् भने मार्सेलीमा नगर परिषद्को भवनमा तोडफोड भएको छ।

आन्तरिक मन्त्रालयका अनुसार देशभर करिब ५ लाख ५० हजार प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए, जसमध्ये पेरिसमा मात्रै १ लाख १० हजार सहभागी थिए। हिंसात्मक गतिविधिको कारण प्रहरीले देशभरबाट १,२०० भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको छ।

युवा तथा विद्यार्थीहरूको नेतृत्वमा भएको यो आन्दोलन महँगी, बिग्रिँदै गएको शैक्षिक अवस्था, र सरकारको उदासीनताविरुद्ध लक्षित छ। लामो समयदेखिको सामाजिक र राजनीतिक परिवर्तनको माग गर्दै नागरिकहरूले वर्तमान सरकारको कार्यशैलीप्रति तीब्र असन्तुष्टि पोखेका छन्।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नु र राष्ट्रपति इमानुएल म्याक्रोँले हिंसा र तोडफोडको कडा शब्दमा भर्ना गरेका छन्। सरकारले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र सुरक्षाकर्मीमाथि जाइलाग्ने अराजकहरूलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ