काठमाडौँ । नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरिएको छ। सरकारद्वारा गठित सिफारिस समितिले आज (जेठ १३ गते) एक सार्वजनिक सूचना जारी गर्दै योग्य तथा इच्छुक उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो।
इच्छुक उम्मेदवारहरूले आगामी ७ दिनभित्र, अर्थात् जेठ १९ गतेभित्र अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको सचिवालयमा आफ्नो व्यक्तिगत विवरण र आवश्यक कागजात पेस गर्नुपर्नेछ।
विगतका नियुक्तिहरूमा उम्मेदवारहरूले व्यावसायिक कार्ययोजना पेस गर्नुका साथै त्यसको प्रस्तुतीकरण समेत गर्नुपर्ने व्यवस्था थियो। तर, यस पटक प्रक्रियालाई केही फरक र छिटो बनाउँदै सिफारिस समितिले व्यक्तिगत विवरण र स्वघोषणा फारम मात्र माग गरेको छ। प्राप्त आवेदनका आधारमा समितिले योग्य ३ जनाको नाम सिधै मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ।



