नक्कली कागजात बनाएर जग्गा बिक्री प्रकरण: वडाध्यक्षसहित १६ जनाविरुद्ध अदालतमा मुद्दा

काठमाडौँको ताहाचलस्थित करिब एक रोपनी जग्गा वास्तविक धनीलाई समेत थाहा नदिई नक्कली कागजात तयार गरी बिक्री गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानपछि सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको हो।

उक्त जग्गा कारोबार किर्ते र ठगी प्रकरणमा वडा कार्यालय र मालपोत कार्यालयका कर्मचारीहरूको समेत मिलेमतो रहेको खुलेको छ। यसै क्रममा वडाध्यक्ष ध्रुवनारायण मानन्धर र वडाका अधिकृत पदमबहादुर थापासहित १६ जनाविरुद्ध लिखत किर्ते, ठगी र संगठित अपराधसम्बन्धी कसुरमा प्रतिवादी बनाइएको छ।

यसअघि यसै प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका वडाध्यक्ष मानन्धरलाई हाजिरी जमानीमा छाडिएको थियो भने अनुसन्धान प्रक्रिया पूरा गरेपछि शुक्रबार उनीसहितका व्यक्तिहरूविरुद्ध औपचारिक रूपमा अदालतमा मुद्दा दायर गरिएको हो।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ