ललितपुर महानगरपालिका १५ नं. वडा कार्यालयका अध्यक्ष सुरेश बाहादुर शाहीले गत शनिवार झै पौष शुक्ल पूर्णीमा देखि माघ शुक्ल पूर्णिमा सम्म महिना दिन मनाईने शालीमा नदी स्नान गरी माधव नारायण दर्शनमा जान ईच्छुक १५० जना वडाबासीलाई बिहानै वडा कार्यालय अगाडीबाट बिदाई गरेका छन् । नगरपालिकाले सहयोग बाट नभै स्थानिय बिद्यालयहरुले यातायातको प्रबन्ध मिलाऊन सघाएको देखिन्छ । यो हप्ता भने वडाबाट सहजकर्ताका रुपमा रमेश कार्की र शेखर बिष्टको सहभागिता थियो । भने स्थानिय बिद्यालयहरु ब्राईट फ्युचर, के.आई.टिं.एम.कलेज,ग्राड एकेडेमी आदी बिद्यालय यातायातको प्रबन्ध मिलाएको थियो ।








