फ्रान्समा पहिलोपटक मानिसमा देखियो पशुहरूको ‘शामोन्डा भाइरस’: संक्रमित बिरामीको मृत्यु

फ्रान्समा पहिलोपटक पशुहरूमा मात्र देखिने शामोन्डा भाइरसको संक्रमण मानिसमा पनि भेटिएको छ। यो भाइरसबाट संक्रमित एक बिरामीको अक्टोबरको सुरुमा मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूले यसको खुलासा गरेका हुन्।

मृतक बिरामी पहिले नै गम्भीर रोगबाट ग्रसित र प्रतिरक्षा प्रणाली अति नै कमजोर भएका व्यक्ति रहेको फ्रान्सेली स्वास्थ्य मन्त्रालयले जनाएको छ। ती बिरामीलाई गम्भीर स्वास्थ्य अवस्थाका कारण अस्पतालमा उपचाररत राखिएको थियो।

प्राथमिक अनुसन्धान अनुसार, ती बिरामीले फ्रान्सको पूर्वी क्षेत्रमा लामखुट्टे वा भुसुनाको टोकाइबाट संक्रमण सरेको हुन सक्ने अनुमान गरिएको छ। यसअघि यो भाइरस मानिसमा सर्दैन भन्ने मान्यता थियो।

मृत्युको वास्तविक कारण यही भाइरस हो वा होइन र यसले कति असर गर्यो भन्नेबारे अहिले विस्तृत अनुसन्धान भइरहेको छ। यद्यपि, हालको अवस्थामा आम सर्वसाधारण जनताका लागि कुनै पनि किसिमको ठूलो जोखिम नरहेको अधिकारीहरूले स्पष्ट पारेका छन्।

युरोपेली रोग रोकथाम तथा नियन्त्रण केन्द्र  लगायतका अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूले पनि यस घटनालाई नजिकबाट नियालीरहेका छन् । यो भाइरस सामान्यतया गाईबस्तु तथा अन्य चौपायाहरूमा ज्वरो आउने, दूध उत्पादन घट्ने र सुस्त हुने जस्ता समस्या गराउने रूपमा चिनिन्छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ