वित्तिय साक्षरता तथा आर्थीक पहुँचमा महिला सक्षमतासम्बन्धि तालिम तथा अभिमुखिकरण तालिम पविर्तन साकोसको आयोजनामा आज हेटौडा ३ बसामाडीमा सम्पन्न भयो । उक्त कार्यक्रम हेटौडा उपमहानगरपालिका ३ नं. वडा कार्यालयको आर्थीक सहयोगमा भएको थियो ।

प्रशिक्षक जानकी मैनाली बर्तौला भन्नु हुन्छ यस्तो तालिमले महिला उद्यमीको सख्यां बढ्न गई समग्र अर्थतन्त्रमा नै प्रभाव पार्न सक्छ । हामीमा बचत गर्ने बानीको विकास हुन्छ र महिलाको आर्थीक अवस्था बलियो हुनु भनेको परिवार समाज हुदै देशकै अर्थतन्त्रलाई रुपान्तरण गर्न हामीले हाम्रो ठाऊँबाट यस्तो प्रयास गर्न नछाडौ ।




