राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुभसाइतमा बडादसैँको टीका ग्रहण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा आज बिहान शीतल निवासमा शुभसाइतमा विजयादशमीको टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तोकेको बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा उनले गुरु-पुरोहितको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्।

आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलका साथै परिवारका अन्य सदस्यहरूलाई शुभसाइतमा टीका तथा जमरा लगाइदिएका छन्। सो अवसरमा शीतल निवासमा पारिवारिक वातावरणमा दसैँको शुभकामना आदानप्रदान र आशीर्वचन आदानप्रदान गरिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ