श्रीकृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको उत्साहपूर्ण भीड

आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि ठूलो संख्यामा भक्तजन भेला भएका छन्।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आजको दिन विशेष श्रद्धा र भक्तिपूर्वक भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउँदैछन्।

भगवान् कृष्ण, जो ज्ञानयोग, कर्मयोग, र भक्तियोगका प्रवर्तक हुन्, द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा जन्मिएका थिए। त्यसैले आजको दिनलाई ‘कृष्णजन्माष्टमी’ भनिन्छ भने रातलाई ‘मोरात्रि’ भनेर पुकारिन्छ।आज देशभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको विशेष पूजा–आराधना गरिँदैछ। भक्तजनहरू भजन गाउने, शास्त्र पाठ गर्ने, र रातभर जाग्राम बस्ने चलन छ।

भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले अन्याय, अत्याचार, र राक्षसी प्रवृत्तिबाट मानवजातिको रक्षा गर्दै जीवनभर सत्यको मार्गमा हिँड्न प्रेरित गर्नुभयो।आजको भीड व्यवस्थापनका लागि मन्दिरको दक्षिण र उत्तरतर्फ भक्तजनका लागि लाइनको व्यवस्था गरिएको छ। नेपाल स्काउटका स्वयंसेवक र ललितपुर महानगरीय प्रहरीलाई भक्तजनको लाइन व्यवस्थापन गर्न परिचालन गरिएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ