आज देशभरका पशुपतिनाथ लगायत भगवान शिवका मन्दिरहरूमा दर्शन गर्न धेरै मानिसहरु भेटिएका छन् । भगवान शिवको पूजाआजा गर्ने विशेष दिन भएकाले काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । श्रावण महिनामा सोमबारको दिन मन्दिरको दर्शन गर्नु महत्वपूर्ण मानिन्छ ।पशुपति क्षेत्र विकास ट्रस्टका अनुसार मन्दिरमा भक्त र बोलबम उत्सव मनाउनेहरूलाई सजिलै पूजा गर्ने व्यवस्था गरिएको छ।जानकारीअनुसार भक्त र आगन्तुकका लागि सुरक्षा, स्वयंसेवक परिचालन, पूजा व्यवस्थापन, स्वास्थ्य शिविर, पिउने पानी र अन्य व्यवस्था गरिएको छ।
सम्बन्धित खबर
धेरै पढेको
सम्बन्धित खबर



