मध्य पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, क्षति भने टर्यो

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार यो भूकम्प ६.७ म्याग्निच्युडको रहेको थियो। पेरुको भौगर्भिक संस्थान (IGP) ले सुरुमा यसको तीव्रता ७.२ मापन गरेको भए पनि पछि संशोधन गरिएको थियो। भूकम्पको केन्द्रबिन्दु एन्डिज पर्वत शृंखलामा पर्ने आयाकुचो क्षेत्र नजिकै रहेको र यसको गहिराइ करिब ९९ देखि १०८ किलोमिटरसम्म रहेको जनाइएको छ।

पेरुका भौगर्भिक विज्ञहरूका अनुसार भूकम्पको गहिराइ धेरै भएकाले जमिनको सतहमा यसको असर कम परेको छ, जसले गर्दा ठूलो क्षति हुन पाएन। भूकम्प आउनासाथ मानिसहरू त्रासका कारण घरबाहिर निस्किएका थिए, तर हालसम्म स्थिति सामान्य रहेको छ।

दक्षिण अमेरिकी देश पेरु प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्दछ, जहाँ विश्वका करिब ८५ प्रतिशत भूकम्प जाने गर्छन्। त्यसैले पेरुमा बारम्बार साना-ठूला भूकम्पका झट्काहरू आइरहन्छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ