नाटो फाइटर जेटद्वारा रोमानियाको हवाई क्षेत्रमा छिरेको अनधिकृत ड्रोन ध्वस्त

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को वायु सुरक्षा मिसनमा तैनाथ स्पेनिस F-18 फाइटर जेटले रोमानियाको आकाशमा अनधिकृत रूपमा प्रवेश गरेको एक ड्रोनलाई निशाना बनाएर खसालेको छ। रोमानियाको रक्षा मन्त्रालयका अनुसार आइतबार बिहान (स्थानीय समय अनुसार बिहान ५:०१ बजे) हवाई सीमा उल्लङ्घन हुनासाथ राडारले उक्त ड्रोन पत्ता लगाएपछि नाटोको जेटलाई तत्काल कारबाही गर्ने अनुमति दिइएको थियो।  

उक्त ड्रोन छिमेकी मुलुक मोल्दोभाको तर्फबाट रोमानियाको गालाटी शहरभन्दा करिब २४ किलोमिटर उत्तरमा रहेको हवाई क्षेत्रमा छिरेको थियो। फाइटर जेटले हवाई क्षेत्रमै ड्रोनलाई ध्वस्त पारेपछि त्यसका अवशेषहरू दुई गाउँहरूको बिचमा रहेको मानवरहित/अल्गै क्षेत्रमा खसेका छन्। घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको पुष्टि गरिएको छ।  

रूस र युक्रेनबिच चलिरहेको युद्धका कारण रोमानियाको सीमा क्षेत्रमा ड्रोन प्रवेशका घटनाहरू लगातार बढिरहेका छन्। रोमानियाली रक्षा मन्त्रालयका अनुसार यो वर्ष मात्रै रोमानियाको आकाशमा अनधिकृत ड्रोन खसालिएको यो चौथो घटना हो।  

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ