५ दिने नेपाल भ्रमणका लागि भारतीय स्थलसेनाध्यक्ष धीरज सेठ काठमाडौँ आइपुग्दै

भारतीय प्रधानसेनापति ५ दिने औपचारिक भ्रमणका क्रममा आइतबार अपराह्न काठमाडौँ आइपुग्दै छन्। प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।  

भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने विशेष समारोहमा उनलाई ‘नेपाली सेनाको मानार्थ महारथी’ को उपाधि प्रदान गर्नेछन्। नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्काका सेनापतिलाई मानार्थ महारथीको दर्जा दिने ऐतिहासिक परम्परा रहँदै आएको छ।  

काठमाडौँ बसाइका क्रममा उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग सैनिक मुख्यालयमा द्विपक्षीय वार्ता गर्नेछन्। साथै, उनले सैनिक मञ्च टुँडिखेलमा वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन् र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ।  

गत जुन ३० मा भारतीय थलसेनाको ३१औँ प्रधानसेनापतिका रूपमा पदभार सम्हालेका उनले आफ्नो पहिलो विदेश भ्रमणका रूपमा नेपाललाई रोजेका हुन्। नयाँ सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी पहिलो उच्चस्तरीय भारतीय अधिकारी हुन्।  

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ