चलचित्र लालीबजारका बिषयमा जाचँपास समितिको यस्तो जवाफ ।।।

गत सोमबार मात्रै चलचित्र केन्द्रिय जाचँ समितिले चलचित्रको सार्वजनिक प्रद्वर्शनका लागि (चलचित्र निमार्ण प्रद्वर्शन तथा वितरण) ऐन २०२६ तथा नियमावली २०५७ मा भएको व्यवस्था अनुरुपको प्रक्रिया पुरा गरेको र चलचित्र जाचँपास तथा वर्गीकरण सम्बन्धि कार्यविधी २०८२ समेतलाई आधारमानी, चलचित्र जाचँपास समितिले निश्चित सर्त तोकी प्रद्रर्शन ईजाजत प्राप्त गरेको उक्त चलचित्रले युनिभर्सल प्रमाणपत्र पाएको थियो । उक्त चलचित्रको प्रिमियर सो भोलीपल्टै परेकाले केन्द्रिय जाचँ समिति र चलचित्र बोर्डका प्रतिनिधीहरुको बैठक पुन ः सोमबार साझ सिंहदरवारमा बसी लालीबजार चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।


निमार्ण पक्षका अनुसार,सोमबार साझ मात्रै जाचँपास समितिले प्रद्रर्शन ईजाजत दिएपछी भोली पल्टै अर्थात् मङ्गलबारका दिनमा नै जाचँपास समितिका सर्तहरु बमोजिम निश्चित शब्दहरुकाटछाट गर्न तिर लागेका थिए । चलचित्रको प्रिमियर सो का लागि आगन्तुकहरु हलतिर प्रस्थान गर्दै रहेको अवस्थामा, सोही मङ्गलबारका दिन उच्च अदालत पाटनले लालीबजारको प्रद्वर्शन बैशाख २२ गते सम्म रोक्न आदेश दिएपछी अहीले चलचित्रकर्मीहरुले माईतीघरमा श्रृजनामा अंकुस लगाएको भन्दै आन्दोलन सुरु गरेका छन् ।


यस बिषयमा हामीले चलचित्र केन्द्रिय जाचँ समितिका पदाधिकारीहरु सगँ कुराकानी गरि किन सेन्सर मौन छ भनी प्रश्न गरेका थियौ । जवाफमा जाचँपास समिति ः गत शुक्रबार उक्त चलचित्र केन्द्रिय जाचँ समितिले अवलोकन गरेपछी पनि, चलचित्रको सार्वजनिक प्रद्वर्शनका लागि (चलचित्र निमार्ण प्रद्वर्शन तथा वितरण) ऐन २०२६ तथा नियमावली २०५७ मा भएको व्यवस्था अनुरुपको प्रक्रिया पुरा गरेको र चलचित्र जाचँपास तथा वर्गीकरण सम्बन्धि कार्यविधी २०८२ समेतलाई आधारमानी, चलचित्र जाचँपास समितिले निश्चित सर्त तोकी प्रद्रर्शन ईजाजत भने गत सोमबार साझमात्रै सम्बन्धित सबैका गुनासो लाई सम्बोधन गर्दै,वहाहरुलाई आपत्ति जनक लागेका शब्दहरु नसुनिने बनाऊन लगाई उक्त चलचित्रको प्रिमियर सो भोलीपल्टै अर्थात् २०८३ बैशाख १५ गतेका लागि निमार्ण पक्षले घोषणा गरेको भनिएकोले उक्त कुरालाई समेत मध्यनजर गरि, कसैलाई पनि बाधा नपरोस् भनि केन्द्रिय जाचँ समितिबाट प्रद्रर्शन ईजाजत दिईएको थियो ।
सम्माननिय अदालतले परेको जाहेरीमाथी सम्बोधन गर्नु न्यायलयको धर्म हो । यदी सम्माननिय अदालतमा आवश्यक परेका खण्डमा लिखित रुपमा नै जवाफ दिन केन्द्रिय जाचँ समिति तयार रहेको छ भन्ने जवाफ दिएको थियो ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ