नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता सम्बन्धी जारी विवादमा सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने कुरामा पूर्ण विश्वस्त रहेको बताएका छन्। शुक्रबारदेखि सुरु भएको पार्टीको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यो धारणा राखेका हुन्।
अहिले लामो इतिहास बोकेको नेपाली कांग्रेसभित्र चरम विवाद बढेको उल्लेख गर्दै देउवाले विशेष महाधिवेशनका नाममा विधि, विधान र पद्धति मिचेर पार्टीलाई कमजोर बनाउने काम भएको आरोप लगाए।
यो विषय हाल सर्वोच्च अदालतमा पुनरावलोकनको अवस्थामा रहेकाले धेरै थप टिप्पणी गर्न नचाहेको बताउँदै देउवाले अदालतको फैसलाबाट नै न्याय मिल्नेमा आफू पूर्ण रूपमा ढुक्क रहेको स्पष्ट पारे।



