सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। प्रदेशसभामा विश्वासको मत पाउने स्थिति नरहेपछि उहाँले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो। सम्बोधनपश्चात् उहाँले प्रदेश प्रमुखसमक्ष आफ्नो राजीनामा पत्र बुझाउनुभएको छ।
नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने समयसीमा पूरा भएसँगै पर्याप्त बहुमत जुटाउन नसकेपछि उहाँले पद त्याग गर्नुभएको हो।
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको ढोका खुलेको छ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पदबाट राजीनामा दिएका छन्। बिहीबार साँझ प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। सम्बोधनपश्चात् उनले प्रदेश प्रमुखसमक्ष आधिकारिक राजीनामा पत्र बुझाएका छन्।
प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्। गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। नेपालको संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा समाप्त भएसँगै उनले पद त्याग्ने निर्णय गरेका हुन्।
प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले आफूले पाएको जिम्मेवारीअनुसार निष्ठापूर्वक काम गरेको दाबी गरे। शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुला भएको छ। नयाँ सरकार गठनका लागि नेकपा र नेकपा एमालेबिच सहमति भइसकेको र सहमतिअनुसार नयाँ सरकार गठनको तयारी अघि बढाइने जनाइएको छ।



