विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित, कार्यसूचीमै प्रवेश गरेन

काठमाडौँ । नेपाल-भारत सीमा विवादका सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलका सांसदहरूले संसदमा अवरोध सिर्जना गरेपछि सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।

विपक्षी सांसदहरूको लगातारको विरोध र अमर्यादित व्यवहारपछि सभामुख डोल प्रसाद अर्यालले सोमबारका लागि तय गरिएका सम्पूर्ण कार्यसूचीहरू हटाउँदै बैठक आगामी मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो।

बैठकको सुरुवातमै विपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए। सभामुख अर्यालले कानुन निर्माण गर्ने देशको सर्वोच्च र महत्त्वपूर्ण थलो भएकाले सदन सञ्चालन गर्न सहयोग गरिदिन पटक-पटक आग्रह गरे पनि विपक्षीको अवरोध कायमै रह्यो। सदनमा देखिएको गतिरोध र अमर्यादित व्यवहारलाई मध्यनजर गर्दै सभामुखले संसदमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्न एक छानबिन समिति गठन गरिएको जानकारी समेत गराउनुभएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ