निष्ठा र नागरिक आन्दोलनका धरोहर डा. देवेन्द्रराज पाण्डे रहेनन्

नागरिक आन्दोलनका प्रतिष्ठित अगुवा डा. देवेन्द्रराज पाण्डेको शुक्रबार साझ निधन भएको छ। काठमाडौँको विशालनगरस्थित आफ्नै निवासमा साँझ ७ बजेर ४० मिनेट जाँदा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समयदेखि क्यान्सर रोगबाट थलिएका पाण्डेको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई हिजो ह्याम्स अस्पताल र त्यसपछि पाटन अस्पताल पुर्‍याएर उपचार गरिएको थियो। अन्तिम घडी नजिकिएको आभास भएपछि परिवारले उनलाई अस्पतालबाट घरै लैजाने निर्णय गरेको थियो।

स्वर्गीय पाण्डेको अन्तिम संस्कार भोलि शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा गरिने तय भएको छ। पूर्वप्रशासक एवं पूर्वअर्थमन्त्री समेत रहेका पाण्डे नेपालको लोकतान्त्रिक एवं नागरिक आन्दोलनमा एक अग्रणी र निष्ठावान् व्यक्तित्वका रूपमा चिनिन्छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ