नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ। नेता पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नी श्रीमतीलाई क्यान्सर भएको जानकारी गराउनुभएको हो।
हाल उहाँको भारतको गुरूगाउँस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ। श्रीमतीको उपचारका लागि अस्पतालमै खटिनुपरेका कारण नेता पोखरेलले हाल देशभित्रका राजनीतिक तथा अन्य गतिविधिहरूमा प्रत्यक्ष रूपमा जोडिन नसकेको जानकारी दिनुभएको छ।
यस प्रतिकूल समयमा पनि विभिन्न माध्यमबाट सम्पर्क गरी श्रीमतीको स्वास्थ्य लाभको कामना गर्ने तथा प्रत्यक्ष भेट्न आउने आफन्त एवं साथीभाइहरूप्रति नेता पोखरेलले आभार व्यक्त गर्नुभएको छ। यद्यपि, उहाँलाई कुन प्रकारको क्यान्सर भएको हो भन्नेबारे भने खुलाइएको छैन।



