गभर्नरको कार्यकालमा ठूलो हेरफेर: ५ बाट ३ वर्षमा झार्ने प्रस्ताव

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको दफावार छलफलमा गभर्नर तथा सञ्चालक समितिका सदस्यहरूको पदावधि ५ वर्षबाट घटाएर ३ वर्षमा सीमित गर्ने विषयमा सर्वसम्मत सहमति जुटेको छ।

समितिका सभापति कृष्णहरि बुढाथोकीका अनुसार ३ वर्षको कार्यकाल पूरा भएपछि गभर्नर वा सञ्चालकको कार्यसम्पादन सन्तोषजनक र प्रभावकारी देखिएमा सरकारले थप २ वर्षका लागि पदावधि थप्न वा पुन: नियुक्ति गर्न सक्ने प्रस्ताव ऐन संशोधन विधेयकमा राखिएको छ।

वित्तीय क्षेत्रमा चुस्त व्यवस्थापन र जवाफदेहिता बढाउन ऐन संशोधन प्रक्रिया अघि बढाइएको हो। अर्थ समितिबाट पारित यो प्रस्तावसहितको विधेयक संसदका दुवै सदनबाट अनुमोदन भई प्रमाणीकरण भएपछि मात्र औपचारिक रूपमा लागू हुनेछ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ