माधव नारायण दर्शन प्रारम्भ

ललितपुर महानगरपालिका वडा नं १५ को आयोजनामा गतबर्ष झै साँखु माधव नारायण दर्शन अर्थात् श्री स्वस्थानी माहादेवीमा विश्वास राख्ने भक्तजनलाई दर्शन गराऊनका लागि वडा बाँसीहरुलाई रु. १००। चिया खर्चका साथ आऊने जाने यातायातको समेत व्यवस्था गरी १ महिनाभरी प्रत्येक शनिवार गत पौष शुक्ल पूर्णिमा अर्थात् २०८०।१०।११ गतेबाट प्रारम्भ गरेको छ । धर्ममा आस्था राख्ने समाजसेवी सुरेश बहादुर शाही भक्तालु वडाबासीलाई बिदा गर्न ् शनिवार बिहानै वडामा स्वयम् उपस्थित हुने गरेका छन् । उहाका अनुसार यो बजेट भने व्यक्तिगत रुपमा आस्थावान्हरुले उपलब्ध गराएका हुन् । हामीले प्रत्येक बर्ष यसरी नै मेला भराऊने गरेका छौ यसमा नगर र वडाको विनियोजित बजेटबाट खर्च गरिएको भने होईन । त्यसका लागि स्थानिय विद्यालयहरु जस्तै क्याराभान,अरनिको ,ब्लुवर्ड र ग्राण्ड एकेडेमी आदीले यातायातका लागि बसको सहयोग गरेका छन् ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ