रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का निर्वाचित

 मंगलबार सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै मदन खड्का सभापति पदमा विजयी हुनुभएको हो।निर्वाचन समितिका अनुसार कुल खसेको ४०० मतमध्ये खड्काले २८८ मत प्राप्त गर्नुभयो। त्यस्तै, उनका प्रतिस्पर्धीद्वय स्नेहा उपाध्यायले ६३ मत र नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गर्नुभएको छ।

 सभापतिमा पुनःनिर्वाचित हुनुभएका खड्का पार्टी स्थापनाकालदेखि नै संगठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ। उनका प्रतिस्पर्धी बस्नेत भने गत फागुनमा नेकपा एमाले परित्याग गरी रास्वपामा प्रवेश गर्नुभएको थियो र उहाँ गत प्रतिनिधिसभा निर्वाचनमा दैलेख क्षेत्र नं. १ बाट उम्मेदवार हुनुहुन्थ्यो।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ