भोलिदेखि देशभर साविककै भरी सिलिन्डर ग्यास बिक्री वितरण हुने

काठमाडौँ । नेपाल आयल निगमले भोलिदेखि देशभर पुनः साविक बमोजिमकै पूर्ण क्षमताको भरी सिलिन्डर (१४.२ केजी) एलपी ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको छ । बजारमा ग्यासको माग र तत्कालीन आपूर्ति अवस्थालाई मध्यनजर गर्दै यसअघि सुरु गरिएको आधा सिलिन्डर (७.१ केजी) ग्यास वितरण गर्ने व्यवस्थालाई अन्त्य गर्दै निगमले पूर्ण क्षमताको सिलिन्डर बिक्री खुला गर्ने निर्णय गरेको हो ।

नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेट (आईओसी) का विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट ग्यास लोड हुने प्रक्रियामा उल्लेखनीय सुधार आएपछि यो सहजता सम्भव भएको हो । बजारमा भोलिदेखि उपलब्ध हुने १४.२ केजीको पूर्ण सिलिन्डरको खुद्रा बिक्री मूल्य रु. २,०६० (अक्षरूपी दुई हजार साठ्ठी रुपैयाँ) कायम गरिएको छ ।

 केही समयका लागि बजारमा गुडिरहेका ७.१ केजीका आधा सिलिन्डरहरू पूर्ण रूपमा विस्थापित भई नसकेको हुँदा उपभोक्ताहरूलाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य राम्रोसँग यकिन गरेर मात्र भुक्तानी गर्न निगमले विशेष अनुरोध गरेको छ । साथै, ग्यासको आयात नियमित र सहज रहेकाले उपभोक्ताहरूलाई अनावश्यक रूपमा ग्यास भण्डारण (होर्डिङ) नगर्न र आफ्नो आवश्यकता अनुसार मात्र खरिद गर्न समेत आग्रह गरिएको छ ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ