पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन

पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ। बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। दिवंगत पोखरेलको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

प्रशासनिक क्षेत्रमा लामो अनुभव सँगालेका पोखरेलले वि.सं. २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म गृह मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनको परिवारमा एक छोरा र तीन छोरी रहेका छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ