नेविसंघको केन्द्रीय अध्यक्षमा करुणा कटुवाल नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ। लामो समयदेखि नेतृत्वविहीन तथा तदर्थ समितिमा रहेको नेविसंघले नयाँ नेतृत्व पाएको हो।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गतेको निर्णय बमोजिम पार्टी सभापति शेरबहादुर देउवाले विधान अनुसार म्याद समाप्त भई स्वतः विघटन भएको संघको अध्यक्ष पदमा कटुवाललाई जिम्मेवारी तोक्नुभएको हो।

नवनियुक्त अध्यक्ष कटुवाललाई स्वदेशी तथा विदेशी शिक्षण संस्थाहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हकहितमा काम गर्न तथा संगठनलाई आगामी तीन महिनाभित्र केन्द्रीय महाधिवेशन गराउने मुख्य जिम्मेवारीसहित यो नियुक्ति दिइएको पार्टी मुख्यालयले जनाएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ