२०८१,चैत्र २९,
ललितपुर महानगरपालिका वडा नं. १५,मा खोप समन्वय समितिका अध्यक्ष तथा वडा अध्यक्ष श्री सुरेश बहादुर शाहीको अध्यक्षतामा खोप समन्वय समितिका पदाधिकारी,ललिपुर जनस्वास्थ्य शाखा, FCHV,THP तथा नगर स्वास्थ्य केन्द्र वडा नं. १५ को सयुक्त बैठकमा पूर्ण खोप सुद्घृढीकरण सम्बन्धमा अभिमुखिकरण कार्यक्रम ललितपुर महानगरपालिका जनस्वास्थ्य शाखाको सहयोगमा सम्पन्न गरियो । जन स्वास्थ्य अधिकृत श्री सरिता महर्जन ज्यूले खोप लगाएको सुनिश्चित गर्न सम्पूर्ण महिला स्वास्थ्य स्वयँम् सेविका ज्यूहरुलाई सल्लाह दिनु भयो भने, वाहाले पहिले पनि स्वास्थ्यको क्षेत्रमा यस वडा नं. १५ ले उदाहरणिय र अनुकरणिय काम गरेको र यो पटक पनि पूर्ण खोप तथा बैशाख ६ र ७ गते हुने भिटामिन ए कार्यक्रमका लागि सोही अपेक्षां गरेको बताऊनु भयो । अध्यक्ष सुरेश बहादुर शाही कोही खोप बाट बञ्चित हुन नपरोस् कोही खाजा पानीको व्यवस्था यो पटक पनि हाम्रो वडामा रहनेछ भन्दै सबैलाई प्रोत्साहित गर्नु भई कार्यक्रम समापन गर्नुभयो





