सिन्धुपाल्चोकमा ६.१ रेक्टर स्केलको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

Earthquake

सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्डमा आज बिहान ६.१ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान २ बजेर ५१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा महसुस गरिएको थियो ।नेपालको पूर्वी र दक्षिणी भागमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पका कारण सिन्धुपाल्चोक र धादिङ जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको जनाइएको छ ।

हालसम्म प्राप्त क्षतिको विवरण यस प्रकार छः

जिल्ला कारागार चौताराका एक कैदीको भूकम्पका बेला भाग्न खोज्दा डबल डेकर बङ्क ओछ्यानबाट खसेर हात भाँचिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ कटुञ्जेमा भूकम्पका बेला घरबाट बाहिर निस्कने क्रममा चिप्लिएर ४३ वर्षीय रुपेश तामाङको टाउकोमा चोट लागेको छ । उनलाई मेलम्ची नगरपालिका अस्पताल लगिएको र हाल उनको उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकको लिसांखुपाखर गाउँपालिका–४ तामाखुबारीमा सुमन गौतमको टिनको छानासहितको दुईतले माटो र ढुङ्गाको घरको पर्खालको १०–१२ फिट खण्डमा चिरा परेको छ । उनकी श्रीमती र दुई वर्षको छोरासहितको परिवार नजिकै सरेको छ।

अधिकारीहरूले क्षतिको मूल्याङ्कन गरिरहेका छन् र थप मूल्याङ्कन र राहत प्रयासका लागि प्रभावित क्षेत्रमा प्रतिक्रिया टोलीहरू खटाएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ