सुदूरपश्चिम सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिने निर्णय गरेको छ। केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरण र प्रदेश तहमा चुलिएको असमझदारीका बीच एमालेले यो कदम चालेको हो।

 यो निर्णय हुनुअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो मन्त्रीमण्डलमा रहेका नेकपा एमालेका मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेका थिए। मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई हटाएपछि दुई दलबीचको सम्बन्धमा थप तिक्तता पैदा भएको थियो।

 आफ्ना मन्त्रीहरू बर्खास्तमा परेलगत्तै नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठक आकस्मिक रूपमा बसेको थियो। सोही बैठकले वर्तमान प्रदेश सरकारलाई निरन्तरता दिन नसकिने निष्कर्ष निकाल्दै सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको हो। एमालेको यो निर्णयसँगै सुदूरपश्चिम प्रदेशको राजनीतिमा नयाँ हलचल पैदा भएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ