सरकारको प्रशासनिक कमाण्ड अब गोविन्दबहादुर कार्कीको हातमा

सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएका छन्।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुशासन महाशाखामा सचिवको रूपमा कार्यरत कार्की, सचिवमा बढुवा भएको दुई वर्षमै मुख्यसचिव बन्न सफल भएका हुन्। २०२७ साल पुसमा जन्मिएका उनी २०७० सालमा सहसचिव भएका थिए।

भोजपुर घर भएका कार्कीसँग यसअघि वाणिज्य तथा आपूर्ति मन्त्रालय र कोशी प्रदेशको मन्त्रालयमा सचिवको रूपमा काम गरेको अनुभव छ। यसका साथै उनले ल्हासाका लागि महावाणिज्यदूत तथा बागमती प्रदेशमा कामु प्रमुखको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ