तीन वर्षीया बालिका हत्या प्रकरण: बारामा सडक ठप्प पार्दै स्थानीयको तीव्र प्रदर्शन

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको जघन्य हत्या भएपछि आक्रोशित स्थानीयबासी र पीडित परिवारले राजमार्ग अवरुद्ध पारेका छन्। बिहीबार बिहानैदेखि पथलैया–वीरगञ्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गरिएकाले सो मार्ग भएर गुड्ने सवारीसाधन ठप्प भएका छन् र सयौँ यात्रु अलपत्र परेका छन्।

प्रदर्शनकारीहरूले बालिकालाई न्याय दिलाउन र हत्यामा संलग्न दोषीलाई हदैसम्मको कडा कारबाही गर्न माग गर्दै नाराबाजी गरिरहेका छन्। गत साउन ३१ गतेदेखि हराएकी गरिमाको सोही दिन चकलेट दिएर फकाई यौन हिंसा पछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको सूक्ष्म अनुसन्धान गर्दै प्रहरीले एक १६ वर्षीय किशोर र गाडी धनी २४ वर्षीय प्रोग्रेस चौधरी गरी दुई जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेकामध्ये आरोपितले कसुर स्वीकारिसकेको र थप कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ