अमेरिकी वैज्ञानिकहरूलाई विश्वव्यापी भाइरस बहसमा प्रतिबन्ध

ट्रम्प प्रशासनले अमेरिकाका प्रमुख संक्रामक रोग अनुसन्धानकर्ताहरूलाई विश्व स्वास्थ्य संगठन  सँग सीधा कुराकानी गर्न प्रतिबन्ध लगाएको छ। सरकारी कागजात र स्रोतहरूका अनुसार यो निर्णयले अमेरिकी वैज्ञानिकहरूलाई संसारभर फैलिरहेका भाइरस र महामारीसम्बन्धी महत्त्वपूर्ण विश्वव्यापी छलफलहरूबाट बाहिर राखेको छ। यो प्रतिबन्ध विशेष गरी ‘नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका अधिकारीहरूमाथि लगाइएको हो, जसले यसअघि एचआईभी र कोभिड-१९ को उपचार खोज्न विश्वकै नेतृत्व गरेको थियो।

हालैका दिनहरूमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी तीव्र रूपमा फैलिएपछि नियममा सामान्य खुकुलो भने गरिएको छ। नयाँ नियम अनुसार NIAID का बढीमा ३ जना अधिकारीहरू WHO को भर्चुअल बैठकमा सहभागी हुन त पाउँछन्, तर उनीहरूले त्यहाँ केही बोल्न पाउने छैनन् र केवल “सुन्ने भूमिका”मा मात्र बस्नुपर्नेछ। बैठकपछिका सबै समन्वय र सोधपुछहरू स्वास्थ्य मन्त्रालयको अनुमति र च्यानल मार्फत मात्र हुनुपर्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार यो निर्देशन अमेरिकाको विश्वव्यापी स्वास्थ्य मञ्चहरूबाट बाहिरिने बृहत्तर नीतिको हिस्सा हो, जसअन्तर्गत अमेरिकाले गत जनवरीमै WHO बाट आफ्नो सदस्यता फिर्ता लिइसकेको छ। यसका साथै, अमेरिकी स्वास्थ्य एजेन्सीहरू (जस्तै CDC, FDA, र सर्जन जनरल) मा हाल स्थायी प्रमुखहरू नहुँदा नेतृत्वको ठूलो अभाव देखिएको छ। विज्ञहरूले अफ्रिकामा इबोला र अन्य क्षेत्रमा हान्टाभाइरसको प्रकोप बढिरहेका बेला अमेरिकी वैज्ञानिकहरूलाई यसरी रोक्दा महामारीविरुद्धको विश्वव्यापी लडाइँ र सहकार्य कमजोर हुने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ