बागमती प्रदेश:किरान थापाको चर्चाबीच जगन्नाथ थपलिया नै बन्ने भए मुख्यमन्त्री

नेकपा एमालेले बागमती प्रदेशमा आफ्नो प्रदेश संसदीय दलको नेता परिवर्तन नगर्ने निर्णय गरेको छ। पार्टीका शीर्ष नेतृत्वबीच भएको छलफलपछि संसदीय दलका वर्तमान नेता जगन्नाथथपलियालाई नै बागमती प्रदेशको मुख्यमन्त्री बनाउने सहमति जुटेको छ।

 पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहित एमालेका शीर्ष नेताहरूले शुक्रबार बेलुकी बागमती प्रदेशका सीमित नेताहरूसँग गहन छलफल गरेका थिए। उक्त छलफलपछि नै प्रदेश कमिटी तथा संसदीय दललाई सोहीअनुसार अघि बढ्न आवश्यक निर्देशन दिइएको हो।

एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकलाल श्रेष्ठका अनुसार मुख्यमन्त्री चयनको प्रक्रिया पूर्ण रूपमा पार्टीको विधि र पद्धतिअनुसार नै हुनेछ। शीर्ष नेताहरूसँगको बैठकमा आफू पनि सहभागी रहेको र पार्टीको स्थापित मान्यताअनुसार नै अघि बढ्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो।

 यसअघि मिडिया तथा राजनीतिक वृत्तमा संसदीय दलको नेता फेरेर किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन लागिएको भन्ने चर्चा चलेको थियो। तर, एमालेभित्र संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पूर्व मान्यता र परम्परा रहेकाले अन्ततः जगन्नाथ थपलियाकै नेतृत्वमा सरकार गठन गर्ने निर्णयमा पार्टी पुगेको हो।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ