प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाने भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीकोचीन भ्रमण स्वीकृत गरेको संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए।
उनकाअनुसार सरकारी र निजी क्षेत्र गरी भ्रमण टोली ८७ सदस्यीय रहनेछ। सरकारी खर्चबाट जाने टोली ३९ सदस्यीय रहनेछ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको छन्दु पुगेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरुप उनी चीन गएकी हुन्।



