सर्वोच्चमा प्रस्तावित न्यायाधीश सुवेदीविरुद्ध लेनदेनमा फैसला गरेको आरोप

२४ मंसिर, काठमाडौं । उच्च अदालतको कामु मुख्य न्यायाधीश सारंगा सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएको थाहा पाएपछि आरती साहको न्यायका लागि लडिरहेका माइती परिवार खिन्न भयो ।

आरतीको हत्या गरेको आरोपमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका श्रीमान मोतीबाबु र ससुरा मदनमोहन साह सुडीलाई न्यायाधीशद्वय सुवेदी र किरणकुमार पोखरेलको इजलासले १८ असोजमा साधारण तारेखमा छाडेको थियो ।

त्यही आदेशलाई लिएर आरतीको माइती परिवारले न्याय परिषदमा उजुरी दिएको थियो । त्यही न्याय परिषदले ५ मंसिरमा सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको सुनेपछि धर्नामा बसिरहेका बुबा, आमा, भाइ र बहिनी के गर्ने भनेर सोधीखोजी गरे ।

प्रस्तावित न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने र त्यसअघि उजुरी आह्वान गर्ने थाहा पाए । समितिले पत्रिकामा सूचना नै निकालेर उजुरी आह्वान गरेपछि सिंहदरबार पुगेर उजुरी थिए ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ