आज ललितपुर महानगरपालिका, महिला विकास शाखाले ओजना गरेको ५ दिने मेन्टरसिप तालिमको समापन उपमेयर मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भयो । उक्त कार्यक्रममा उपमेयरले महिला उद्यमीलाई प्रोत्साहित गर्न र व्यवसायबाट हतास हुन नदिने उदेश्य लिएर सानो सानो व्यवसायीक ज्ञानको अभावले एन्टी डिरेक्सनमा भएका उद्यमीलाई क्षमता अभिवृदी गर्दै सही दिशा देखाऊन महानगरपालिका र उद्यमाी सहजीकरण केन्द्र सधै साथ रहने कुरा बताऊनु भयो ।

प्रशिक्षक सुमन शाक्यले तालिमको मुख्य उदेश्य उद्यमीहरुमा उपान्तरण ल्याऊनु नै रहेको विचार राख्नु भयो भने
सहभागिको तर्फबाट बिनी बज्राचार्यले धन्यवादको मनतब्य दिनुभएको थियो । यस अघि तालिममा सहभागि भएका ५ महिला उ्रद्यमीहरुले तालिम पछी आफ्नो व्यवसायले प्रगती हासिल गरेको अनुभव प्रस्तुत गर्नु भएको थियो । यसैगरी सहभागीका तर्फबाट नै अन द स्पट कविता रचना गरी महानगरपालिकाकी प्रकृति भट्टराईले कविता मार्फत तालिमको महत्व र प्रशिक्षकको शैलीलाई ब्याख्या गर्नुभयो भने नगरपालिकाको तर्फबाट शोभा खरेलले महिला उद्यमीका लागि महानगरले गरिरहेका बिभिन्न सहजीकरणका बारेमा उद्यमी महिलाहरुलाई जानकारी दिनुभयो ।




