रोकिएन विमानस्थलबाटै श्रृंखलाबद्ध सुन तस्करी

२२ मंसिर, काठमाडौं । फ्लाई दूबईको उडान नं. एफजेड–५७३ मार्फत शनिबार राति ११ः४० बजे काठमाडौं उत्रिएका इजिप्टका नागरिक सरिफ मोहम्मद लासिमले अध्यागमन र भन्सार जाँच सहजै पार गरे ।

ज्याकेटभित्र साढे ६ किलो सुनका बिस्कुट आकारको प्याकेट बोकेका उनी विमानस्थलको ‘वाक थ्रु’ छिर्दा त्यसले कुनै संकेत दिएन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द भन्छन्, ‘उनी पार हुन लागिसकेका थिए ।’ तर त्रिभुवन विमानस्थल सुरक्षामा खटिएका प्रहरीका अधिकृतहरुलाई उनको लुगा लगाइ र हिँडाइ शंकास्पद लाग्यो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरे ।

अधिकृतहरुका अनुसार, सामान्य सोधपुछमै मोहमद अलमलिए जस्तो देखिए । भाषा पनि बुझ्न सकिने खालको थिएन । प्रहरीका अनुसार, खनतलासी लिँदा ज्याकेटमा केही भएजस्तो देखियो । ‘खोलेर हेर्दा त्यहाँ अर्ध ठोस प्रकृतिका सुनका डल्ला थिए’, डीआईजी चन्दले भने ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ