विनाशकारी भोटेकोशी बाढी आएको एक महिना पूरा हुँदासम्म बाढीका कारण १,४५१ जनाको शव भेटिएको छ भने ५,२८५ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो।
विपदपछि हालसम्म सुरक्षा निकाय र उद्धार टोलीहरूले १३,७९५ जनाको जीवितै उद्धार गर्न सफल भएका छन्। उद्धार गरिएकामध्ये १,११३ जनालाई प्रभावित जिल्लाहरू (नुवाकोट, रसुवा र धादिङ) मा स्थापना गरिएका २१ वटा होल्डिङ सेन्टरमा अस्थायी आश्रय दिएर राखिएको छ।
मृतक तथा बेपत्ता भएकाहरूको पहिचान सहज बनाउनका लागि हालसम्म २,०६० जनाको डीएनए नमुना संकलन गरिएको छ। बाढीबाट घाइते भएकामध्ये ७ जनाको अझै अस्पतालमा उपचार भइरहेको छ भने १०,९८८ जनाले सुरक्षा निकायद्वारा सञ्चालित स्वास्थ्य शिविरहरूमार्फत उपचार सेवा लिइसकेका छन्।




