लोकप्रिय अमेरिकी टेलिभिजन शृंखला ‘ब्रेकिङ ब्याड’ मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट विश्वभर ख्याति कमाउनुभएका अभिनेता आरजे मिटेको ३४ वर्षको उमेरमा निधन भएको छ। उहाँको शव टेक्सासको ब्राउनसविलस्थित निवासमा फेला परेको थियो।
मिडिया रिपोर्ट तथा उहाँका प्रतिनिधिहरूले दिएको जानकारी अनुसार अभिनेता मिटेले आत्महत्या गर्नुभएको हो। उहाँको निधनको खबर बाहिरिएसँगै हलिउड कलाकारहरू तथा विश्वभरका फ्यानहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
बाल्यकालदेखि नै सेरेब्रल (मस्तिष्क पक्षघात) बाट पीडित मिटे ले आफ्नो जीवनका चुनौतीहरूलाई कहिल्यै पनि कमजोरी बन्न दिनुभएन। उहाँले मनोरञ्जन क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व र अधिकारका लागि जीवनभर एक मुखर वक्ता तथा अभियन्ताको रूपमा काम गर्नुभएको थियो।



