ब्राजिलको राष्ट्रपतीय निर्वाचन पहिलो चरणमा अनिर्णित: दक्षिणपन्थी फ्लावियो बोल्सोनारो र लुलाबीच ‘रन-अफ’ प्रतिस्पर्धा हुने

ब्राजिलमा सम्पन्न राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा दक्षिणपन्थी उम्मेदवार फ्लावियो बोल्सोनारोले अग्रता हासिल गरेका छन्। तर, कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरण अर्थात् रन-अफमा जाने भएको छ।

लिबरल पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति जेयर बोल्सोनारोका छोरा फ्लावियो बोल्सोनारोले अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गर्दै वर्तमान राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भालाई पछि पारेका हुन्। पहिलो चरणको मतगणनामा बोल्सोनारोले लुलालाई पछि पारे पनि ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेनन्।

ब्राजिलको निर्वाचन कानुन अनुसार पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा शीर्ष दुई उम्मेदवारहरूबीच पुनः प्रतिस्पर्धा गराइन्छ। यसअनुसार अब अक्टोबर २५ मा हुने दोस्रो चरणको निर्वाचनमा फ्लावियो बोल्सोनारो र लुला डा सिल्भाबीच सीधा प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ