प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज बिहीबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रम तथा देशका विभिन्न क्षेत्रमा भइरहेका पछिल्ला गतिविधिहरूका सम्बन्धमा छलफल हुनेछ। बैठकले केही महत्त्वपूर्ण र आवश्यक प्रशासनिक निर्णयहरू समेत गर्ने बताइएको छ। यसैगरी, संघीय संसद्मा पेस हुन लागेका विभिन्न विधेयकहरू र मुलुकको समसामयिक विकास निर्माणका एजेन्डाहरूमा पनि मन्त्रिपरिषद्मा छलफल हुनेछ।



