ललितपुर वडा न. १५ मा अध्यक्ष बाट स्वास्थ्य बीमाको शुभारम्भ

ललितपुर महानगरपालिका वडा न.१५ का वडा अध्यक्ष श्री सुरेश बहादुर शाहीबाट स्वास्थ्य बीमाको शुभारम्भ  ।

यो योगदानमा आधारित कार्यक्रम भएको हुनाले केही योगदान रकम विमित्तले बुझाउनु पर्ने हुन्छ । ५ जनासम्मको सदस्य रहेका साधारण परिवारले योगदान रकम रु ३५०० बुझाउनु पर्नेछ जसले प्रति परिवार प्रति वर्ष रु १ लाख सम्मको सेवा प्राप्त गर्नेछ । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ