नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा डा. गोपाल प्रसाद भट्ट नियुक्त भएका छन्। असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको आगामी अध्यक्षका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। कैलाली स्थायी घर भएका डा. भट्ट यसअघि नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको रूपमा कार्यरत थिए। सेयर बजार विषयमा विद्यावारिधि (Ph.D.) गरेका उनको शैक्षिक पृष्ठभूमि पनि पुँजीबजारसँगै सम्बन्धित रहेको छ।
यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले स्वार्थ बाझिन सक्ने सम्भावना रहेको भन्दै अध्यक्ष छनोट समितिबाट आफू अलग हुने निर्णय गरेका थिए। तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो ४ वर्षे कार्यकाल पूरा नहुँदै पदबाट राजीनामा दिएपछि धितोपत्र बोर्डको नेतृत्व तह रिक्त हुन पुगेको थियो। श्रेष्ठ २०८१ मंसिर १० गते सेबोनको अध्यक्ष नियुक्त भएका थिए।



