
आज काठमाण्डौमा ने.क.पा.एमालेले बृहत जनसभाको आयोजना गरेको छ भने, अध्यक्ष के.पी.शर्मा वलीले अमेरिकी डलर खर्बपति इलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ ।


स्टारलिंकको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर आफ्नो सेवाबारे प्रस्तुतिकरण (प्रिजेन्टेसन) र डेमो दिएको छ । स्रोतका अनुसार उनीहरुले कसरी स्टारलिंकको इन्टरनेट सेवाले काम गर्छ र नेपाली भूगोलमा यसको महत्व के–के छन् भन्नेबारे प्रस्तुति दिएका हुन् ।
नेपालस्थित अमेरिकी दूतावासका केही अधिकारीहरुले नै लामो समयदेखि स्टारलिंकलाई नेपाल भित्रिन दिन पहल गरिरहेका थिए । हालै स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एन्ड मार्केटिङ डिरेक्टर रेबेका स्किल हन्टरसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर कम्पनीको सेवा, प्राविधिक पक्ष, बजार रणनीति, नेपाल प्रवेशको योजना र साइबर तथा तथ्यांकीय सुरक्षाका पक्षहरुमा विधि खाले प्रत्याभूति दिलाउने प्रयास गरेको थियो । स्टारलिंकको प्रधानमन्त्रीसँगको भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसहित उच्च अधिकारीहरु पनि सामेल थियो ।
एलन मस्कको कम्पनी नेपाल आयो भने त्यसले दिने विदेशी लगानीकर्तालाई दिने सन्देश बलियो हुन्छ,’ एक अधिकारी भन्छन्,‘कानुनी व्यवस्थाहरु अध्ययन गरेर उसको माग सम्बोधन गरियो भने हानि हुन्छ भन्ने लाग्दैन ।’
तर, नेपालमा इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई पनि बचाउने र प्रतिस्पर्धी बनाउनेतर्फ भने सरकारले सोच्नुपर्ने उनले बताए । रष्ट्रिय हितलाई हेरेर सरकारले स्टारलिंकको प्रवेशबारे निर्णय गर्नुपर्ने मत सञ्चार अधिकारीहरुको छ ।



