ललितपुर महानगरपालिका वडा नं. १५ स्थित ईनरविल क्लव सातदोबाटोको बैठक तथा आगामी योजनाका बारेमा छलफल कार्यक्रम मिति २०८०।१०।२६ ग्रण्ड एकेडेमीको भवनमा सम्पन्न भयो उक्त कार्यक्रममा अहिले सम्म भएको प्रगति विवरणका बारेमा सचिव सविना ओझाले स्पष्ट पार्नुभएको थियो भने आगामी कार्यकालका लागि अध्यक्ष एवंम् अन्य पदाधिकारीहरुको नामावली यकिन गर्दै क्लव भिजिट कार्यक्रमका लागि कार्य विभाजन सम्पन्न भएको क्लवकी अध्यक्ष सिमा राई बताउनुहुन्छ । हामीले हाम्रो कार्यकालमा निकै क्रियाकलाप गरेका छौ आगामी सञ्चालक समितिले पनि समयमै योजना प्रस्तुत गरी सामाजिक क्रियाकलापमा सलंग्न हुनेछ भन्ने आशा छ ।





