वैदेशिक रोजगारीमा रहेका नेपालीमाथि आक्रमण: कुवेतमा ड्रोन प्रहारबाट एक जनाको मृत्यु

कुवेतमा भएको ड्रोन आक्रमणमा परि एक नेपाली नागरिकको मृत्यु भएको छ। कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको बिहीबार भएको ड्रोन आक्रमणमा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।

उक्त घटनासम्बन्धी कुवेतस्थित नेपाली दूतावासले आधिकारिक रूपमा जानकारी गराउँदै मृतक तामाङप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, दूतावासले शोकाकुल पीडित परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

मृतक तामाङको पार्थिव शरीरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र नेपाल पठाउनका लागि कुवेतस्थित नेपाली दूतावासले आवश्यक कार्य तथा समन्वय गरिरहेको जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। निर्दोष नेपाली नागरिकमाथि भएको यस आक्रमणको कडा शब्दमा निन्दा गर्दै मन्त्रालयले सम्बन्धित सबै पक्षलाई संयम अपनाउन र संवाद तथा कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ