ललितपुर महानगरपालिका, महिला विकास शाखाले आयोेजना गरेको मेन्टरसिप तालिमको समापन

आज ललितपुर महानगरपालिका, महिला विकास शाखाले ओजना गरेको ५ दिने मेन्टरसिप तालिमको समापन उपमेयर मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भयो । उक्त कार्यक्रममा उपमेयरले महिला उद्यमीलाई प्रोत्साहित गर्न र व्यवसायबाट हतास हुन नदिने उदेश्य लिएर सानो सानो व्यवसायीक ज्ञानको अभावले एन्टी डिरेक्सनमा भएका उद्यमीलाई क्षमता अभिवृदी गर्दै सही दिशा देखाऊन महानगरपालिका र उद्यमाी सहजीकरण केन्द्र सधै साथ रहने कुरा बताऊनु भयो ।

ललितपुर महानगरपालिका, महिला विकास शाखाले ओजना गरेको मेन्टरसिप तालिमको समापन
ललितपुर महानगरपालिका, महिला विकास शाखाले ओजना गरेको मेन्टरसिप तालिमको समापन


प्रशिक्षक सुमन शाक्यले तालिमको मुख्य उदेश्य उद्यमीहरुमा उपान्तरण ल्याऊनु नै रहेको विचार राख्नु भयो भने
सहभागिको तर्फबाट बिनी बज्राचार्यले धन्यवादको मनतब्य दिनुभएको थियो । यस अघि तालिममा सहभागि भएका ५ महिला उ्रद्यमीहरुले तालिम पछी आफ्नो व्यवसायले प्रगती हासिल गरेको अनुभव प्रस्तुत गर्नु भएको थियो । यसैगरी सहभागीका तर्फबाट नै अन द स्पट कविता रचना गरी महानगरपालिकाकी प्रकृति भट्टराईले कविता मार्फत तालिमको महत्व र प्रशिक्षकको शैलीलाई ब्याख्या गर्नुभयो भने नगरपालिकाको तर्फबाट शोभा खरेलले महिला उद्यमीका लागि महानगरले गरिरहेका बिभिन्न सहजीकरणका बारेमा उद्यमी महिलाहरुलाई जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिका, महिला विकास शाखाले ओजना गरेको मेन्टरसिप तालिमको समापन

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ