५ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन गरेको छ ।सोमबार धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको हो ।
समितिका सदस्यमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन मन्त्रालयका उपसचिव, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव र पर्यटन मन्त्रालयका उपसचिवलाई तोकिएको छ ।
समितिले गौशाला धर्मशाला स्थापनायताको अध्ययन गर्ने, गौशालाको आयव्यय विवरण, लेखा परीक्षण अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह सेवाको प्रकृति तथा अवस्था अध्ययन गर्ने जिम्मेवारी पाएकोसमितिले गौशाला धर्मशालामा रहेको जग्गा स्वामित्वका सम्बन्धमा समेत अध्ययन गरी ३० दिनभित्र पर्यटनमन्त्रीलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ ।



