धितोपत्र व्यवसायीसँग भेटघाट गर्दै प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग छलफल गर्न लाग्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे उक्त छलफलको आयोजना गरिएको छ।

उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल र नासा सेक्युरिटिजका सन्दीप जलान आमन्त्रित हुनुहुन्छ।

त्यसैगरी नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ पनि सहभागी हुँदै हुनुहुन्छ। साथै प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेलको पनि बैठकमा सहभागिता रहने कार्यक्रम रहेको छ।

बैठकमा मुख्यगरी पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू र समग्र राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयहरूमा केन्द्रित रहेर सरोकारवालाहरूसँग छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ