नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरूलाई तराई क्षेत्रमा खटाइएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेका अनुसार तराई-मधेसका कर्फ्यु लागू गरिएका जिल्लाहरू र तिनका आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न सिनियर अधिकृतहरूलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी सशस्त्र प्रहरीले पनि आफ्ना उच्च अधिकृतहरूलाई तराई पठाएको छ। स्थिति नियन्त्रणमा लिन र थप मदत पुर्याउन तराईका छिमेकी जिल्लाहरूबाट समेत सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको छ।



