क्यानले नेपाल प्रिमियर लिगको नयाँ लोगो र समयतालिका सार्वजनिक गरेको छ

CAN logo

नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट लिग – नेपाल प्रिमियर लिग (NPL) को नयाँ लोगो र प्रतियोगिताको मिति सार्वजनिक भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ लोगो र प्रतियोगिताको मिति सार्वजनिक गर्न काठमाडौंमा सेलिब्रेसन अफ नेपाल क्रिकेट नामक कार्यक्रमको आयोजना गरेको छ ।

प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुने तय भएको छ ।युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको लोगो अनावरण गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले लोगो अनावरण गर्ने तय भए पनि स्वास्थ्य समस्याका कारण कार्यक्रममा उपस्थित नहुने घोषणा गरिएको थियो ।कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ